नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ८७ स्वर्ण पदकको छिनोफानो भइसकेको छ।
त्यसमध्ये, विभागीय आर्मी सर्वाधिक ३८ स्वर्णसहित ८६ पदकका साथ अग्रस्थानमा छ।
आर्मीले हालसम्म ३८ स्वर्ण, ३७ रजत र २१ कास्यसहित ८६ पदक जितेको छ।
दोस्रो स्थानमा रहेको विभागीय एपीएफले १२ स्वर्ण, १६ रजत र २१ कास्य सहित ५० पदक जितेको छ।
त्यस्तै, ११ स्वर्ण, ७ रजत र १७ कास्य सहित ३५ पदक जित्दै विभागीय नेपाल पुलिस तेस्रो स्थानमा छ।
चौथो स्थानमा रहेको बागमतीले १० स्वर्ण, १६ रजत र १० कास्यसहित ३६ पदक जितेको छ।
त्यस्तै, गण्डकीले ८ स्वर्ण, ५ रजत, १५ कास्यसहित २८ पदक जित्दै पाँचौ स्थानमा छ।
एनआरएनएले ४ स्वर्ण, ३ रजत र ४ कास्यसहित ११ पदकसहित छैटौं स्थानमा छ।
मधेशले २ स्वर्ण, २ रजत र ४ कास्यसहित ८ पदक जितेको छ।
त्यस्तै, प्रदेश–१ ले १ स्वर्ण, ४ रजत र १३ कास्यसहित १८ पदक जितेको छ।
सुदूरपश्चिमले १ स्वर्ण, १ रजत र ८ कास्यसहित १० पदक जितेको छ।
त्यस्तै, लुम्बिनीले ६ रजत र ४ कास्यसहित १० पदक जितेको छ।
कर्णालीले २१ कास्य जित्दै पदक तालिकाको अन्तिममा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







