यही मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नमूना मतदान गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय चितवनमा नमूना मतदान गरिएको हो।
निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले संयुक्त रुपमा मतदान गरेर नमूना मतदानको शुभारम्भ गरेका थिए। पहिलो हुने निर्वाचन प्रक्रियाअन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिकतर्फको मतपत्रमा मतदान गरिएको हो।
वास्तविक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ भन्ने मापन गर्नका लागि पनि नमूना मतदान गरिएको थियो। प्रत्यक्षदर्शीलाई सिकाउनका लागि नमूना मतदान गरिएको थियो।
जिल्लामा अहिले ४ लाख ८ हजार ३४२ मतदाता छन्। जसमध्ये महिला मतदाताको संख्या पुरुषको भन्दा बढी छ। २ लाख ९ हजार ३०९ मतदाता महिला छन् भने पुरुष १ लाख ९९ हजार ३२ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमशेन कार्कीले जानकारी दिएका छन्। कार्कीका अनुसार जिल्लामा १६२ मतदानस्थलमा ४६० केन्द्रबाट मतदान हुँदैछ।
क्षेत्र नम्बर १ मा १ लाख ३९ हजार ८ सय ४५ मतदाता छन्। जहाँ ५६ मतदानस्थल र १ सय ५९ केन्द्रबाट मतदान हुँदैछ। क्षेत्र नम्बर २ मा रहेका १ लाख २४ हजार २ सय १४ मतदाताले ४३ मतदानस्थलमा रहेका १३८ केन्द्रबाट मतदान गर्नेछन्। यस्तै, क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थलका १ सय ६३ मतदान केन्द्रबाट १ लाख ४४ हजार २ सय ८३ मतदाताले मतदान गर्ने कार्कीले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







