निर्वाचन आयोगले मंसीर ४ गते निर्वाचनको प्रचार–प्रसार र सचेतनाका लागि भन्दै निर्माण गरेको निर्वाचनसम्बन्धी गीत हटाएको छ।
आयोगले एक सूचना जारी गर्दै भिडियो सामग्री परिमार्जनका लागि हटाएको बताएको छ।
‘सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौं,’ आयोगको सूचनामा भनिएको छ, ‘यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमा प्रार्थी छ।’
आयोगले निर्माण गरेको उक्त सामग्री वेसुर रहेको र भिडियो निर्माणमासमेत सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न गरेका थिए।
सामाजिक सञ्जाल प्रयोगकर्ता जनक पौडेलले आयोगको निर्वाचन प्रचार सामग्रीप्रति टिप्पणी गदै लेखेका थिए, ‘निर्वाचन आयोगका मालिकहरुले पाँच वर्षमा आउने यो ठूलो पर्वमा आफ्ना नातेदार, नजिकका मान्छे, कुरा टार्न नसकिने इष्टमित्रलाई मिलाई–मिलाई काम दिएर, पैसो बाँडे भयो कि। त्यतिसम्म चलिराकै पनि छ क्यार। तर, यति झुर र वाइयात कन्टेन्ट (अडियो/भिडियो) सोसियल मिडियामा राखेर यातना नदिनु नि।’
त्यस्तै अन्य धेरै प्रयोगकर्ताहरुले उक्त सामग्रीको आलोचना गर्दै आयोगमाथि नै प्रश्न उठाएका थिए। सामाजिक सञ्जालमा प्रश्न उठेपछि आयोगले परिमार्जनको बाहना बनाउँदै उक्त सामग्री हटाएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







