महाकवि लक्ष्मीप्रसद देवकोटाको ११४ औं जन्मजयन्ति


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित




आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्ती।

आजका दिन कहाकवि देवकोटाको जन्म जयन्ती देश तथा विदेशमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटको जन्म जयन्ती मनाइँदैछ।

आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष नेपालसँगै भारतको दार्जिलिङ सिक्किम जस्ता नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ।

विसं १९६६ साल कात्तिकको औशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए। तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाइब्रेरी काण्डकासमेत एक प्रमुख सदस्य हुन्।

एक नेपाली कवि तथा साहित्यकार थिए। उनको जन्म वि. सं. १९६६ कार्तिक २७ गते ’लक्ष्मीपुजा’को दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनको निधन वि.सं. २०१६ भाद्र २९ मा भएको थियो।

उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन्। देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन्।

उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।