आज गाइतिहार, दिउँसो खण्डग्रास सूर्य ग्रहण


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७९ मा प्रकाशित




आज कार्तिक कृष्ण औंसी अर्थात यमपञ्चकको तेस्रो दिन।

यमपञ्चकको तेस्रो दिन गाईपूजा गरेर तिहार मनाइँदैछ।

कार्तिक कृष्ण औसीका दिन मनाइँने गाईपूजा आज मनाउन लागिएको हो। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा छ। हिन्दु धर्ममा गाईलाई लक्ष्मीको अवतारको रुपमा लिइन्छ।

यसपाली तिथीको घटबढ र आज (मंगलबार) खग्रास सूर्य ग्रहण लाग्ने भएका कारण लक्ष्मीपूजा भने हिँजै (सोमबार) गरिएको छ।
लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो। तिथिअनुसार कार्तिक कृष्ण औंसीका दिन यो पर्व मनाइन्छ।

नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बालेर मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका ४ महत्वपूर्ण रातहरूमध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि समेत भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरमा गएर भैलो खेल्ने चलन छ। लक्ष्मी धनकी देवीलाई मानिन्छ।

आज खग्रास सूर्यग्रहण लाग्दैछ

आज (मंगलबार, विसं २०७९ कार्तिक ८ गते तदनुसार अक्टोबर २५, २०२२) का दिन खग्रास सूर्यग्रहण लाग्दैछ। आज दिउँसो ४ बजेर ५२ मिनेट जाँदा सूर्य ग्रहण लाग्ने र ५ बजेर २४ मिनेटमा ग्रहणले छाड्ने जनाइएको छ।
आजका दिन चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण लाग्नेछ। विश्वभरका मानिसहरूले आ–आफ्नो स्थानअनुसार यस ग्रहणलाई देख्न सक्नेछन्।

यस आंशिक ग्रहण अफ्रिका, एसिया, युरोप र वेलायतको गुर्नसेको उत्तरी गोलाद्र्धमा देखिनेछ र उत्तरी ध्रुव र रुसमा चाहिँ ग्रहणको सबैभन्दा चरम सीमा देखिनेछ। यो ग्रहण नेपाल भारत लगायत युरोप, अफ्रिकाको उत्तर पूर्वी भाग र एसियाको दक्षिण पश्चिम भाग बाट देखिनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।