७० प्रतिशत मतपत्र छपाइ सकियो, ९ जिल्लामा समानुपातिकको मतपत्र ढुवानी गर्न बाँकी


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७९ मा प्रकाशित




आगामी मंसीर ४ मा हुने संसदीय निर्वाचनका लागि ७० प्रतिशत मतपत्र छपाई सम्पन्न भएको छ।

प्रत्यक्षतर्फ मात्र १ करोड ६७ लाख ५०० मतपत्रको छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

जसमा प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन्।समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाई सम्पन्न भइसकेको छ।

आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन्। यी मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने २ प्रणालीका लागि ४ वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। यस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ। अब ९ वटा जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ। ढुवानी भएका मध्ये प्रदेश सभाका लागि १ करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ १ करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ। अब, प्रदेश सभाको ५ लाख ६८ हजार तथा प्रतिनिधि सभाको ५ लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।