जरिवाना नबुझाउने ५५० जनाको नाम बन्दसूचीबाट हट्यो


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको छ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो।

समानुपातिकतर्फ दलहरूले आयोगमा पेस गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जनामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जनासहित ५५० जनाको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएको जानकारी दिएको छ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेका दाबी विरोधउपर जाँचबुझबाट गरी ५४८ जना र समानुपातिक निर्वाचन प्रणाली तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक जना कालोसूचीमा रहेका एक जना गरी कुल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको छ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।