कन्या मा.बि.भू.पू.बिद्यार्थी संघको अध्यक्षमा रजनी कोइराला चयन


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७९ मा प्रकाशित




पोखरा।पोखराको नदिपुर स्थित कन्या माध्यमिक बिद्यालय भू.पू. बिद्यार्थी संघको शनिबार पोखरामा सम्पन्न तेस्रो अधिबेशनले रजनी कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।समितिको उपाध्यक्षमा सीता तामाङ ,सचिबमा बसुधा भट्टराई र कोषाध्यक्षमा दिव्यश्वरी बाटाजु रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा बिष्णु गुरुङ ,जीवन श्रेष्ठ ,लालु गुरुङ ,गंगा गुरुङ ,नीता ताम्राकार ,निरु कायस्थ र सन्ध्या पराजुली रहेका छन् ।

निर्वाचन समितिको संयोजकमा अधिवक्ता सरिता तिम्सिना पगेनी र सदस्यहरुमा कन्या माविका प्रधानाध्यापक प्रेमबहादुर बुढाथोकी भूतपूर्व प्रधानाध्यापक चित्रा गुरुङ थिए ।

अधिबेशनको उद्घाटन गर्दे कन्या माविका प्रधानाध्यापक प्रेमबहादुर बुढाथोकीले बिद्यालयको गरिमा बढाउन भू.पू.बिद्यार्थीहरुको महत्त्वपूर्ण भुमिका रहने बताए ।उहाँले भू.पू. बिद्यार्थी संघले भू.पू.बिद्यार्थीहरु र बिद्यालय बीच पुलको काम गरेको उल्लेख गरे ।

कन्या मावि भू.पू.बिद्यार्थी संघका अध्यक्ष रेखा मर्सानीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका पूर्व प्र.अ.चित्रा गुरुङ ,पूर्व शिक्षक रमेश भट्टराई ,निर्वाचन समितिका संयोजक अधिवक्ता सरिता तिम्सिना पगेनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य कन्या मावि भू.पू. बिद्यार्थी संघका उपाध्यक्ष रजनी कोईरालाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव निशा भण्डारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।