पोखरा, कात्तिक १३
नेकपा एमाले गण्डकी प्रदेशले २५ वर्षमा ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमाले गण्डकीले यस्तो प्रतिबद्धता जनाएको हो । पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य पूरा गर्ने ५ वर्षअघिको पुरानै प्रतिबद्धता पुनः दोहो¥याएको हो । साथै त्यसका लागि अगाडि सारिएका नीति तथा कार्यक्रमहरुपनि पुरानै दोहोरिएका छन् ।
एमाले गण्डकीले ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य पूरा गर्नका लागि प्रदेशका नागरिकलाई सक्षम बनाउँदै समावेशी समाज र सबल अर्थतन्त्र निर्माण गर्ने जनाएको छ । उसले सशक्त नागरिक निर्माणका लागि जीवनयापन सहज, स्वस्थ नागरिक, ज्ञान, सीप र आधारभुत शिक्षामा जोड दिएको छ । त्यस्तै, सबल अर्थतन्त्र निर्माणका लागि गुणस्तरीय तथा दिगो पूर्वाधार निर्माण गर्दे बजारमा पहुँच निर्माण गर्ने, लगानीमैत्री वातारण बनाउने तथा व्यापार व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी समावेशी समाजका लागि युद्ध, अपराध, द्वन्द्व, आतंक र हिंसारहित समाज निर्माण गर्ने, भ्रष्टाचार मुक्त र सामाजिक उत्तरदायित्वसहितको समाज र बजार निर्माण गर्ने, व्यक्तगत स्वतन्त्रता, वाक तथा प्रकाशन स्वतन्त्रता, सामाजिक सहिष्णुता, सूचनामा पहुँच, कानूनी राज्य र सबैका लागि समान कानून बनाउने प्रतिबद्धता एमालेले जनाएको छ ।
एमाले गण्डकीले गठबन्धन सरकार आएपछि विकासका काम अबरुद्ध भएको आरोप लगाउँदै अब एमालेको सरकार बनाएर अबरुद्ध विकासका कामलाई ट्रयाकमा ल्याई ‘समृद्ध प्रदेश, सुखी नागरिक’को प्रादेशिक लक्ष्य केन्द्रित कार्यक्रम सञ्चालन गर्ने बताएको छ । उसले सामाजिक, आर्थिक रुपान्तरणका कार्यमा सरकारलाई पूर्ण जिम्मेवार बनाउने, उपलब्ध श्रोत, साधनका आधारमा योजनाबद्ध रुपमा आयोजनाको पहिचान, प्राथमिकीकरण तथा छनौट गरी कार्यान्वयन गर्ने जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







