सांकेतिक तस्बीर
कास्कीबाट प्रहरीले विभिन्न मुद्दाका फरार १० जना अभियुक्तलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले एकैपटक १० जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरु जिल्ला अदालत कास्कीबाट विभिन्न मितिमा कैद तथा जरिवानाको फैसला भइ फरार रहंदै आएका अभियुक्तहरुलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जनाएका छन्।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–२९ भण्डारढिक निवासी वर्ष ७२ को टेकबहादुर गुरुङ, सोही ठाउँकै निवासी ७१ वर्षीया रनमाया गुरुङ, सोही ठाउँकै ४० वर्षीय शेरमान गुरुङ, ३९ वर्षीय निरमान गुरुङ, ३६ वर्षीय बेलकुमार गुरुङ, ३१ वर्षीया जमुना गुरुङ र २६ वर्षीया बिपना गुरुङ छन्।
यस्तै, सवारी ज्यान मुद्दामा अदालतले २ महिना १० दिन कैद तथा २ हजार जरिवाना सजाय तोकेकोमा हालसम्म फरार रहँदै आएका तनहुँ शुक्ला गण्डकी नगरपालिका–२ कोत्रेनिवासी ३६ वर्षका सन्तोष पुन, सवारी ज्यान मुद्दाकै धादिङ स्थायी घर भई हाल पोखरा–३२ मजुवा बस्दै आएका ४० वर्षीय चक्रबहादुर गुरुङ र लागुऔषध मुद्दामा १० महिना १६ दिन कैद सजाय तोकी हालसम्म फरार रहँदै आएका पोखरा–३१ मोहरियानिवासी १९ वर्षीय सुनिल बिक छन्।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कास्कीमा बुझाइएको प्रवक्ता तिवारीले जानकारी दिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







