नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले विकास निर्माणको निरन्तरताका लागि आफूले उम्मेदवारी दिएको बताएकी छिन्।
पोखरा महानगरपालिका वडा नं. १६ स्थित पर्यटकीय स्थल अर्मलाकोटमा आयोजित मतदाता घरदैलो कार्यक्रममा उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जुट्ने प्रतिवद्धता समेत जनाइन्।
दु:खको अवस्थामा उपनिर्वाचनमा यस क्षेत्रका मतदाताले विजयी गराएको स्मरण गर्दै सडक, शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधार निर्माणका अधुरा काम पूरा गर्न पुन: उम्मेदवार बनेको स्पष्ट पारिन्।
नेतृ भट्टराईले जेष्ठ नागरिकलाई मासिक ५ हजार सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेपनि बीचमै सरकार ढलेपछि अवरोध आएको बताइनु। मंसीर ४ गतेपछिको बन्ने एमालेको सरकारले सवै खाले भत्तामा बृद्धि गर्ने उनको विश्वास थियो।
कार्यक्रममा कास्की–२ (ख)का उम्मेदवार मिना गुरुङले ऐतिहासिक एवं पर्यटकीय क्षेत्र अर्मलाकोटमा सांस्कृतिक ग्राम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिन्। गण्डकी प्रदेश सभामा समानुपातिक सांसदको भूमिका निर्वाह गरिसकेकी उनले भनिन्, ‘यस क्षेत्रको अधुरा विकास निर्माणका काम पुरा गर्न प्रत्येक्ष उम्मेदवारका रुपमा उपस्थित भएको वताइन्।’
कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारी, खेलप्रेमी तेजबहादुर गुरुङ, एमाले १६ का अध्यक्ष राजेन्द्र गुरुङ, निवर्तमान वडाअध्यक्ष जिवन आचार्य, यमनकाजी गुरुङलगायतले निर्वाचनको महत्व एवं यस क्षेत्रका समस्या र समाधानबारे चर्चा गरे।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टराईले बुधबार नै पोखरा १५ स्थित ढुंगेसाँघुमा पनि घरदैलो कार्यक्रममा सहभागी बनेका थिए। सो अवसरमा मतदाताले स्थानीय आवश्यकताअनुसार विकास निर्माणमा लाग्न अनुरोध गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







