फाइल तस्विर : राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । “मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ”, उनले भने, “राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा हामी जुटेका छौँ ।”
राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रजिअ शर्माले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआज तथा यस क्षेत्रको भ्रमण गरेकी थिइन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







