पोखरा, १९ कार्तिक ।
कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारसहितको घर दैलो कार्यक्रम उत्साहजनक रुपमा भइरहेको छ । घरदैलो कार्यक्रम अन्तर्गत शनिबार आज पोखरा २० र पोखरा ३३ मा घरदैलो अभियान चलेको पाँच दलीय गठबन्धन चुनाव प्रचार प्रसार समितिका संयोजक नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति केशर निर्दोशीले जानकारी दिए ।
घरदैलो कार्यक्रम अन्तर्ग पोखरा २० भलाममा कोणसभा सम्पन्न भएको छ । उक्त सभालाई सम्बोधन गर्दे नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकासप्रेमी जनताका अपेक्षा पुरागर्ने काम आफूहरुबाट मात्र सम्भव रहेको बताएका छन् । उनले पाँच दलीय गठबन्धन देशको समृद्धिका लागि बनेको बताए । एकथरी कुरा गर्ने र काम अर्कोथरी गर्नेहरुबाट अब जनताको अपेक्षा पुरा नहुने उनको टिप्पणी छ ।
जननेता मदन भण्डारीको असली अनुवाई आफू रहेको उल्लेख गर्दै उनले एमालेमा मदन भण्डारीको नाम जप्ने तर उनले प्रतिपादन गरेको सिद्धान्त विरोधी काम हुन थालेपछि विद्रोह गर्नुपरेको प्रष्टिकरण दिए । ‘नाम मदनभण्डारीको जप्ने, जनताको बहुदलीय जनवादको कुरा गर्ने तर काम जनता विरोधी गर्ने, जनताको अभिमत खण्डित गर्ने र संविधानलाई कुल्चनेकाम भयो । हामीले धेरै पटक सच्याउने प्रयास ग¥यौं तर एमालेको नेतृत्व सच्चिएन । त्यसपछि हामीले विद्रोह गर्नुपरेको हो । तपाईलाई थाहा छ । तपाईहरुसंग म अरुकालागि मत माग्न धेरैपटक आएको छु । तपाईले मत दिएर यस अगाडि प्रतिनिधिसभामा पठाएकाले काम गर्न सकेनन् । जनताका एजेण्डा भन्दापनि अर्कैढंगले अगाडि बढे’ उनले भने ।
उम्मेदवार बरालले वडाका बासिन्दाले भोग्नुपरेका बाटोघाटो र खानेपानी लगायतका समस्याका बारेमा आफू जानकार रहेको र ती समस्यालाई महानगर र प्रदेश सरकारसंग मिलेर समाधान गर्ने बताए ।
‘यहाँका समस्या मैले बुझेको छु । यहाँ उत्पिडित समुदायका आफ्नै समस्याहरु छन् । बाटोको विस्तार र स्तरीकरण गर्नुपर्नेछ । सिंचाईको समस्या छ । कृषिलाई अझै आधुकिकरण र व्यवसायीक बनाउँदै बजारीकरण गर्नुपर्नेछ । यि सबै समस्याको समाधान हामीले गर्न सक्र्छौं । म यहाँहरुकै जनप्रतिनिधि भएका हिसावले संसद चल्दा बाहेक यहाँहरुकै साथमा रहेर काम गर्ने छु । संसदमा पनि तपाईहरुका एजेन्डालाई उठाउने काम गर्नेछु । गरिव जनताको पक्षमा, उनीहरुको जीवनस्तर माथि उठाउने पक्षमा ऐन कानुन निर्माणमा मेरो ध्यान हुनेछ’ उनले भने ।
यसैगरी २० नम्बर भएर जाने मध्यपहाडी लोकमार्गले धेरै सम्भवाना बोकेको भएपनि त्यो बाटो बन्दा र त्यसपछिका केही अप्ठ्यारा समेत रहेको उनले बताए । सबै अप्ठ्याराहरुलाई अवसरमा बदल्ने योजना आफूहरुसंग रहेको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







