पोखरा । गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मंगलबार पदबाट बर्खास्त गरेका हुन् । मन्त्री आचार्यले गठबन्धनलाई असहयोग गर्नुका साथै एमालेलाई सहयोग गरेका कारण बर्खास्त गरिएको मुख्यमन्त्री निकट श्रोतले जनाएको छ ।
मुख्यमन्त्री पोखरेलले शीर्ष नेताहरुको सहमति लिएर आचार्यलाई बर्खास्त गरेको मुख्यमन्त्री पोखरेलको सचिवालय निकट श्रोतले जनाएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नै आचार्यलाई कारवाही गर्न मुख्यमन्त्री पोखरेललाई निर्देशन दिएको श्रोत बताउँछ । सोमबार नै सो निर्देशन आएपनि प्रदेश प्रमुख र मुख्यमन्त्री दुबै पोखरा बाहिर रहेकाले मंगलबार मात्र बर्खास्त गरिएको बुझिएको छ ।
मन्त्री आचार्यलाई बर्खास्त गरिएको मुख्यमन्त्रीको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वीकृत गरेका छन् । प्रदेश प्रमुख गुरुङको सचिवालयले मंगलबार एक सूचना जारी गरेर मन्त्री आचार्यलाई बर्खास्त गरिएको जानकारी गराएका छन् ।
आचार्यको पार्टी नेपाल समाजवादी पार्टी गठबन्धनमा रहेपनि आचार्य भने गठबन्धनको विरोधमा रहँदै आएका छन् । उनले पछिल्लो समय एमालेलाई सहयोग गर्दै आएको गठबन्धनको आरोप छ । मन्त्री आचार्यको जिम्मेवारी मुख्यमन्त्री आफैले राखेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







