कार्तिक २३,पोखरा । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा बिहीबारदेखि वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगिता शुरु हुने भएको छ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा घरेलु टोली कास्कीले नवलपुरविरुद्ध खेल्ने छ ।
६ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका तनहुँ, स्याङजा, नवलपुर र कास्कीको टोलीले भाग लिंदैछन् । आयोजक संघले जारी गरेको खेल तालिका अनुसार शुक्रबार तनहुँ र कास्की, शनिबार नवलपुर र स्याङजा, आइतबार स्याङजा र तनहुँ तथा सोमबार स्याङजा र कास्की विच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको छनौंट गरि मंसिर ६ देखि काठमाण्डौमा हुने वाईवाई राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकीको टिम बनाइने आयोजक संघका अध्यक्ष देवेन्सन प्रजुले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







