स्याङ्जामा भट्टराईको उम्मेदवारी निष्क्रिय, गठबन्धनलाई समर्थन


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७९ मा प्रकाशित




स्याङ्जा । नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाएको छ । वाम लोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा जिल्लाको क्षेत्र नं २ (१) मा उम्मेदवारी दिएका भट्टराईले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी निस्कृय गरेको बताएका हुन।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावका लागि स्याङ्जा २ ९क० बाट उम्मेदवारी दिएका भट्टराईले नेपाली कांग्रेसका भोजराज अर्याललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय गरेका हुन।।

वाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत समाजवादीको लागि सोही क्षेत्र परेको थियो । तर कांग्रेसका भोजराज अर्यालको समेत सोही क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएपछि अन्योलता छाएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।