कास्की आदर्श समाज स्पेन द्वाराअक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७९ मा प्रकाशित




पोखरा । कास्कीको माछापुच्छ्रे गाउपालिका–६ स्थीत बराह माध्यमिक विद्यालयमा कास्की आदर्श समाज स्पेनद्वारा अक्षयकोष स्थापना एवं विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।

कास्की आदर्श समाज स्पेनद्वारा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने उदेश्यका साथ विद्यालयमा एक लाख को अक्षयकोष स्थापना गरेको हो । कास्की आदर्श समाज कास्कीका महासचिव मोहनराज गौतम, सल्लाहकार एकराजभण्डारी र पूर्व सचिव गणेशराज अधिकारीले संयुक्त रुपमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्याथीहरुलाई पच्चीस हजार रुपैया बराबरको स्टेशनरी सामग्रीहरु समेत वितरण गरेका थिए ।

सन् २०१५ सालमा स्पेनमा रहेका कस्केलीहरुद्वारा स्थापना भएको संस्थाले स्पेन तथा नेपालमा वसोवास गर्ने नेपालीहरुलाई आर्थिक तथा जीन्सीद्वारा सुख–दुखमा साथ सहयोग गर्दै आइरहेको छ । संस्थाले बाढी पहिरो, भूकम्प लगायत विपत् परेका व्यक्ती अनाथ ,वृद्ध गरिव तथा जेहेनदार, शारीरीक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागी सहयोगहरु गर्दै आइरहेको सो संस्थाका महासचिव मोहनराज गौतमले जानकारी दिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष टेकनाथ गौतमले स्पेनमा रहेका आदर्श समाज स्पेनका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै कान्छी आदर्श समाज स्पेनको सहयोगलाई विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीको हितमा प्रयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

विद्यालयका प्रध्यानाध्यापक मिनराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की आदर्श समाज स्पेनका महासचिव मोहनराज गौतम, सल्लाहकार एकराज, भण्डारी र पूर्व सचिव गणेशराज अधिकारी तथा वि व्य स सदस्य दुर्गाप्रसाद अधिकारी, शिक्षक अभिभावक संघ सदस्यहरू नविन अधिकारी देविप्रसाद अधिकारी र हेम बहादुर राना, विद्यालयक शिक्षक, विद्यार्थी र काअभिभावकहरुको उपस्थिती रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।