पोखरा, कात्तिक २३
अहिलेका उम्मेदवारहरु थरिथरिका छन् । कोहि पैसाले टिकट किनेर उम्मेदवार बनेका छन् त कोहि आफन्तको फेरो समातेर । कोहि नेताको चाकडी गरेर टिकट हत्याउन सफल भएका छन् त कोहि टिकट नपाए पार्टी छाडेर अर्कै पार्टीमा जाने घुर्की र धम्की दिएर उम्मेदवार बनेका छन् । तर कोहि कोहि भने आफैले कोरेको विरासतमा उभिएर उम्मेदवार बन्नेपनि छन् । आफैले कोरेको विरासतमा उभिएर टिकट पाउने मध्ये एक हुन् कास्की क्षेत्र नम्बर ३ को (२) का एमाले उम्मेदवार राजिव पहारी । कास्की क्षेत्र नम्बर–३ को-२ मा पोखरा महानगरपालिका वडा नम्बर ५, ६, २२, २३, २४, अन्नपूर्ण गाउँपालिकाका पर्दछ ।

गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार पहारीले त्यसै टिकट पाएका होईन् । नत उनले टिकटका लागि पैसा नै तिरे, नत पार्टी छाड्ने घुर्की र बार्गेनिङ, नत नेताको फेरो नै समात्नु प¥यो । बरु उनले विद्यार्थी संगठन र युवा संगठनमा दिएको योगदानका आधारमा प्रतिष्पर्धीलाई पछि पार्दै उम्मेदवारको टिकट पाए ।
पोखराको बैदाममा २०३३ साल कात्तिक १४ गते बुबा रामराज पहारी र माता जमुनादेवी पहारीको कोखबाट जन्म लिएका पहारीले एमाले निकट विद्यार्थी संगठन र युवा संघको नेतृत्व गरिसकेका छन् । तिक्ष्ण बुद्धि र थालेका काम जस्तोसुकै अवस्थामा फत्ते गर्ने राजिव सानै उमेरमा राजनीतिमा प्रवेश गरे । राजिवले राजनीति शास्त्रमा एम.ए र विएल उत्तिर्ण गरेका छन् ।
राजनीति भनेपछि खान लागेको गाँससमेत छाडेर आन्दोलनमा होमिने राजिव १० वर्षकै उमेरमा २०४३ सालमा भएको निर्वाचनमा तत्कालीन समयमा जनपक्षीय उम्मेदवार सोमनाथ अधिकारी प्यासीलाई जिताउने अभियानमा संलग्न भए । प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको जनआन्दोलनमा सकृय रुपमा सहभागि भएका राजिवले २०४८÷४९ मा तालबाराही माविमा भएको विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । त्यसबेला आन्दोलन दबाउन प्रहरीले गोली प्रहार गर्दा उनी बालबाल बचेका थिए ।
२०६२÷६३ को जनआन्दोलनमा ५ महिना जेल परेका उनी अनेरास्ववियूको केन्द्रीय सदस्य, सचिवालय सदस्य, शैक्षिक विभाग प्रमुख भईसकेका छन् । २०५० सालमा पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटी सदस्यबाट औपचारिक राजनीतिक यात्रा शुरु गरेका उनी २०५२÷५३ मा अनेरास्ववियू कास्कीको कोषाध्यक्ष, २०५३ मा सचिव र २०५५ मा अनेरास्ववियू कास्कीका अध्यक्ष बने । विद्यार्थी राजनीति गर्दागर्दै २०५३ सालमा देशकै सबैभन्दा ठूलो पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सदस्य भएर छिरेका उनी पछि उपसभापतिहुँदै सभापतिसमेत भए । उनीसँग २०५९–६० मा स्ववियू काउन्सिलको सचिव भई देशभरकै विद्यार्थीको हकहितका लागि नेतृत्व गरेको अनुभव पनि छ ।
विद्यार्थी आन्दोलनबाट राजनीति शुरु गरेका उनले २०६० सालपछि एमालेको सबैभन्दा बलियो मानिने संगठन युवा संघबाट राजनीतिलाई अगाडि बढाए । २०६० सालमा केन्द्रीय सदस्य भएर युवा संघमा छिरेका उनी पछि सचिवालय सदस्य, सचिव, महासचिवहुँदै अध्यक्षसमेत बन्न सफल भए । युवा संघको अध्यक्ष हुने राजधानी बाहिर उनीमात्र हुन् ।
हाल एमालेको केन्द्रीय सदस्य तथा कास्की सहईञ्चार्ज रहेका पहारीले २०६२–६३ को जनआन्दोलनमा पश्चिमाञ्चल क्षेत्र अन्तर्गत युवा विद्यार्थीहरुको संयुक्त जनआन्दोलन परिचालन कमिटीको संयोजक भएर जनआन्दोलन सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । २०६६–६८ सम्म एमाले क्षेत्रीय कमिटी कास्की क्षेत्र नम्बर–३ को अध्यक्ष भएर जिम्मेवारी वहन गरेका उनी २०५८–६४ सम्म एमाले जिल्ला कमिटीको सचिवालय सदस्य, विद्यार्थी फाँट प्रमुख र प्रचार विभाग प्रमुखसमेत थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





