पोखरा । कास्की क्षेत्र नम्बर–३ (१)का गठबन्धनका उम्मेदवार दुर्गादत्त भण्डारीले आफ्नो विकासे एजेण्डामा विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट चक्ल्याउने महत्वकांक्षी योजना राखेका छन् । नेकपा माओवादी केन्द्रका नेता उनी पार्टीको गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट सडक खण्ड चक्ल्याउने महत्वकांक्षी योजना ल्याएका हुन् ।
यो सडकखण्ड साँघुरो हुँदा दोहोरो सवारी साधन आवागमनमा बाधा पुग्दै आएको छ । सोहि कारण सो सडकखण्डमा बारम्बार जाम हुने गरेको छ । खास गरेर विहान सूर्योदय हेर्न जाने समय र दिउँसो फर्किने समयमा ट्राफिक जाम हुँदा त्यस क्षेत्रबाट आवतजावत गर्ने स्थानिय तथा पर्यटकहरुले सास्ती भोग्ने गरेका छन् ।
उसो त साँघुरो सडकका कारण विपरित दिशाबाट आएको गाडीलाई बाटो छाड्दा दुर्घटना भएका घटनाहरुपनि प्रशस्त छन् । स्थानियको समस्यालाई मसिनो गरेर अवलोकन गरेका भण्डारीले सो समस्या समाधानका लागि सडक चक्ल्याउने योजना ल्याएका हुन् ।
प्रचण्डका सहपाठी भण्डारीको पहुँच माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसम्मै भएकालेपनि सो सडकखण्ड चक्ल्याउने महत्वकांक्षी योजना पूरा गर्न सकिने उनकोदाबी छ । त्यस्तै, भण्डारीले आफ्नो विकासे एजेण्डामा विन्ध्यवासिनी–पोखरा बेंसी सडकखण्ड कालोपत्रे गर्ने अर्को योजना अघि सारेका छन् ।
उनले पोखरा महानगरपालिका वडा नम्बर १, २ र ३ का भित्री सडक कालोपत्रे गर्ने, बागलुङ बसपार्कको स्तरोन्नती गर्ने, हरिचोक–याम्दी खाफको बाटो चौडा बनाउनेलगायतका एजेण्डाहरुपनि अघि सारेका छन् । उम्मेदवार भण्डारीले माछापुच्छ्रे गाउँपालिकाको अस्ट्रेलियन क्याम्पहुँदै अन्नपूर्ण ७ मा रहेको कान्छी बराह मन्दिरसम्मको मोटर बाटो निर्माण गरेर अन्नपूर्ण–माछापुच्छ्रे लिङ्क रोड निर्माण गर्ने योजना अघि सारेका छन् ।
साथै उनले माछापुच्छ«ेको धम्पुस फेदीहुँदै डाँडाबाट अन्नपूर्ण–३ को मराउँचेसम्म नयाँ बाटो खोल्ने अर्को महत्वपूर्ण योजना अघि सारेका छन् । उम्मेदवार भण्डारीले मर्दिहिमाल ट्रेकिङ रुट (पदमार्ग) लाई व्यवस्थित गर्ने, वन, वातावरण कृषि र पशुपालन विकासमा जोड दिने, सामुदायिक वन विकास सम्बन्धी कार्यक्रम चलाउने एजेण्डा बोकेर चुनावी घरदैलो र कोणसभा गरिरहेका छन् ।
उनले अन्नपूर्ण संरक्षण क्षेत्रका कार्यक्रमलाई व्यवस्थित गर्ने अर्को महत्वपूर्ण योजना ल्याएका छन् । सो कार्यक्रम पछिल्लो क्रममा जनजीवनसँग नजोडिएको भन्दै आलोचना भईरहेका बेला उनले जनजीवनलाई जोड्नेगरी कार्यक्रम ल्याउनका लागि पहल गर्ने बताएका हुन् । उनले भौतिक पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्गन अनिवार्य गर्दै संरक्षण र विकासलाई सन्तुलित ढंगले मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





