पोखरा । यही पुषको दोश्रो सातादेखि २२ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आगामी पुष १२ गतेदेखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक सहारा क्लव पोखराले बिहिबार एक विज्ञप्ती जारी गर्दै नेपालकै प्रतिष्ठित गोल्डकपको रुपमा परिचित आमन्त्रित आहा ! रारा गोल्डकपकोसो बारे जानकारी दिएको हो ।
क्लवका महासचिव रामजी प्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्याराभान गोल्ड कप सहितलाई यो वर्षबाट समावेश गरिएको जनाइएको छ । यस अघि क्याराभान कपलाई आहा राराको संस्करणमा समावेश गरिएको थिएन ।
प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछन् । गत वर्षको विजेता ए.पि.एफ क्लब र उपविजेता मनाङ्ग मर्स्याङ्गदी क्लब रहेको थियो ।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ ।
यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







