आगामी मंसीर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभाका एमाले उम्मेदवारहरु मत माग्न कास्की ३ क को कसेरीमा पुगे।
उम्मेदवारहरु त्यहाँ पुग्दा कसेरीवासीले उनीसँग बस्ती बचाउन नदीमा तटबन्ध र लालपुर्जा मिलाइ दिन आग्रह गरे।
कास्की क्षेत्र नं. ३ (क) बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङलाई घरदैलोको क्रममा कसेरीवासीले वर्षेनी सेति नदीको कटानले बस्तीमा जोखिम बढेकाले बस्ती बचाईदिन माग गरेका हुन्। आफूहरु बसेको लामो समयसम्म पनि लालपुर्जा नपाएको गुनासो गर्दै लालपुर्जाको मागसमेत राखेका गरे।
उम्मेदवार गुरुङले पनि कसेरीवासीको समस्या आफूले नजिकबाट नियालिरहेको बताउँदै समस्या समाधान गर्ने प्रतिवद्धता जनाए। तर, समस्या समाधान गर्न आफू पनि सम्वन्धित ठाउँमा पुग्नुपर्ने भएकाले सूर्य चिन्हमा मतदान गरी विजयी गराउन कसेरीवासीसमक्ष अनुरोध गरे।
जनताको सुख, दु:खमा सधैं आफ्नो साथ रहने भन्दै उम्मदवार गुरुङले सो क्षेत्रका स्थानीयका आवश्यकता पुरा गर्ने उल्लेख गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







