पोखरा । पोखरा महानगरपालिका २३ हुदैँ पञ्चासे र कास्कीको अन्नपूर्ण गाँउपालिका जोडने सडक निर्माणमा ढिलाई भएपछि पोखरा महानगरपालिको अनुगमन समितिले शुक्रबार अनुगमन गरेको छ ।
पोखरा २४ पामेदेखि पोखरा २३ को कात्रे, बाम्दी, घाटीछिना हुदै पञ्चासे पुग्ने सडकको निर्माण कार्य ढिलाई भएको भन्ने गुनासो आएपछि पोखरा महानगरपालिका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा प्राविधिक सहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमनमा पोखरा वडा नम्वर ४ का अध्यक्ष एवं अनुगमन समितिका सदस्य देवकृष्ण पराजुली, कार्यपालिका सदस्य मन्दिरा गौतम, महानगर पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ, योजना शाखा प्रमुख कृष्णप्रसाद तिवारी सहितको प्राविधिक टोलीले बाटो निर्माणको कार्य प्रगति र गुणस्तर बारे अनुगमन गरेको हो । कात्रे, बाम्दी घाटीछिना सडकको निर्माण कार्यलाई गुणस्तरीय र छिनो सम्पन्न गर्न निर्माण कम्पनीलाई उपप्रमुख गुरुङले निर्देशन दिइन् ।
निर्माण कार्य हेर्दा सन्तुष्ट देखिएको भएपनि गुणस्तरीयता कार्यम गर्दै छिटो गर्न उनले आग्रह गरिन् । महानगरका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले काम भैरहेको र निर्धारित मितिमै सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।
पोखरा महानगरको करिव ५ करोडको लागनमा निर्माृणाधिन सडकको ठेक्का सम्झौता २०७८ फागुन २० गते भएको थियो भने सम्पन्न गर्नुपर्ने २०७९ चैत १० गते रहेको छ ।
पोखरा महानगरभित्रका ३३ वडा मध्य पीच सडक नभएको वडाका रुपमा रहदै आएको थियो अहिले भने केही भाग पीच सडक बनेपछि यहाँका बासिन्दा खुशी भएको स्थानीय रामबहादुर जिसीले बताए । पछिल्लो पाँच वर्षमा वडा नम्वर २३ मा निर्माण सुरु भएको सडकले केही राहत मिलेको छ उनले भने,“यो सडक निर्माण भएपछि यहाँका बासिन्दालाई आवतजावतमा धेरै सहजता हुन्छ ।”
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







