राजनीतिलाई समाज सेवा ठान्ने गणेशमान


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७९ मा प्रकाशित




पोखरा, कात्तिक २६

प्रायजसो सबै नेताले पेशा के गर्नुहुन्छ ? भनेर सोध्यो भने राजनीति भन्छन् । किनकी उनीहरुले राजनीतिलाई नै पेशा बनाए । खासमा राजनीति सेवा हुनुपर्ने हो । तर नेपालमा राजनीतिलाई सेवा भन्दा पेशा नै ठान्नेको भीड छ । तर सबैलाई एउटै बास्केटमा हालेर सबै उहि ड्याङ्को मुला त हो नि भनिहाल्नुपनि हतारो हुन्छ । किनकी राजनीतिलाई सेवा ठान्नेहरुपनि छन् । ती मध्ये एक हुन् कास्की निर्वाचन क्षेत्र नम्बर–३ (१) का एमाले उम्मेदवार गणेशमान गुरुङ ।

तस्बिर : उमेश पुन

राजनीतिलाई सेवा मान्ने र सेवा नै धर्म हो भन्ने गणेशमान गुरुङ बुबा नन्दबहादुर गुरुङ र आमा मीनकुमारी गुरुङको कोखबाट २०१८ साल कात्तिक ३ गते जन्मिएका हुन् । विन्दा रायमाझीसँग लगनगाँठो कसेका गुरुङले स्नातकसम्म अध्ययन गरेका छन् । माछापुच्छ«े गाउँपालिका वडा नम्बर–७, धम्पुस स्थायी घर भएका गुरुङ पछिल्लो समय अस्थायी रुपमा पोखरामा बस्दै आएका छन् ।

सानै उमेरदेखि विद्रोही स्वाभावका गुरुङ कम्युनिष्ट सिद्धान्तबाट प्रभावित थिए । २०३५÷०३६ को विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिक यात्रा शुरु गरेका उनी अनेरास्ववियुका अथक योद्धा हुन् । प्रजातन्त्र देश र जनताको लागि आवश्यक छ भन्ने निश्कर्ष निकालेर राजनीतिमा प्रवेश गरेका गुरुङ २०४६÷४७ को जनआन्दोलनमा सकृय रुपमा सहभागि भए ।

आफू र आफूजस्ता हजारौं योद्धाहरुको योगदानका कारण देशमा प्रजातन्त्र आएपछि उनी अति प्रसन्न भए । उनलाई अबचाहिं देशमा केहि परिवर्तन हुन्छ र नेपाली जनताले सुखका दिन अनुभव गर्न पाउँछन् भन्ने लाग्यो । त्यसमापनि कम्युनिष्टले जितेर सरकार चलाउन पायो भने जनताले परिवर्तनको अनुभूति महशुष गर्ने र देशमा विकासले गति लिन्छ भन्ने उनलाई दृढ विश्वास लाग्यो । त्यहि भएर उनी कम्युनिष्ट पार्टीका उम्मेदवारलाई जिताउन भन्दै २०४८ को आम निर्वाचन मा कास्की क्षेत्र नम्बर–३ को चुनाव प्रचार प्रसार समितिमा रहि काम गरे ।

तर त्यसबेला उनले सोंचेजस्तो परिणाम आएन । सो निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर सरकार बनायो । सरकार बनाएपनि उक्त सरकार ३ वर्ष भन्दा टिकेन र देश मध्यावधी निर्वाचनमा होमियो । २०५१ को मध्यावदी निर्वाचनमा उनी आफै उम्मेदवार हुन चाहन्थे । विकास र समृद्धिको हुटहुटी भएका गुरुङको उम्मेदवारको रुपमा राम्रै चर्चा भयो तर उनले टिकट भने पाएनन् ।

गुरुङ २०५२ सालमा ने.क.पा एमालेको पार्टी सदस्य बने । उनले आफ्नै आधार क्षेत्रमा २०५२÷२०६३ सम्म गाउँ कमिटी र ईलाका कमिटीमा रहि काम गरे । २०५६ को आम निर्वाचनमा फेरी कास्की क्षेत्र न ३ को उम्मेदवारको रुपमा उनको चर्चा भयो । तर फेरीपनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैं उनले टिकट पाएनन् ।

योग्य भएरपनि टिकट नपाउँदा मन खिन्न त भयो तर कम्युनिष्टको विकल्प छैन भनेर निरन्तर पार्टी र संगठन निर्माणमा लागिरहे । त्यहि क्रममा उनी २०६३ सालमा एमालेको कास्की जिल्ला कमिटी सदस्य बने । सोहि सालमा उनी नेपाल लोकतान्त्रिक तमु संघको केन्द्रिय उपाध्यक्षसमेत बने ।

माओवादी शान्ति प्रक्रियामा आयो । तत्कालीन सात दल र माओवादीबीच सम्झौता भई जनआन्दोलनमार्फत देशमा प्रजातन्त्र पुर्नस्थापना गर्न आन्दोलन भयो । आन्दोलनको उपलब्धी स्वरुप तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता त्यागे । देशमा संविधान सभाको चुनाव हुने भयो । २०६४ सालको संविधान सभाको निर्वाचनमा पनि गुरुङ उम्मेदवार बन्ने चर्चा भयो । तर फेरीपनि उनी नेताको नजरमा परेनन् ।

कम्युनिष्ट कार्यकर्ता आफूले के पायो भन्नेमा होईन जनताले के पाउँछन् भन्नेमा केन्द्रीत हुन्छ । गुरुङपनि आखिर कम्युनिष्ट कार्यकर्ता न हुन् । त्यहि भएर उनी फेरी पार्टी र संगठन निर्माणमा जुटे । गुरुङ २०६३–०६६ सम्म एमाले कास्की जिल्ला कमिटीमा पुनः दोहोरिए । निरन्तर पार्टी निर्माणमा लागेका गुरुङ नेकपा एमाले कास्की क्षेत्र नम्बर–४ का संस्थापक अध्यक्ष हुन् ।

राजनीतिलाई समाजसेवा मान्ने गुरुङ २०३७ सालदेखि निरन्तर कृषि तथा पर्यटन ब्यापार ब्यबसायमा संलग्न छन् । राजनीति गर्नेले पेशा, व्यवसाय ग¥यो भने कसैको आश गर्नुपनि पर्दैन र भ्रष्टाचारपनि गर्नु पर्दैन भन्ने उनको दृष्टिकोण छ ।

त्यसैले देश बदल्नु छ भने शुरुवात आफैबाट गर्नुपर्छ भन्छन् उनी । हामी राजनीति विकृत भयो भन्छौं तर मत हाल्दा राम्रोलाई होईन हाम्रो मान्छेलाई हालिरहेका छौं । अहिलेपनि यहि दोहोरियो भने राजनीतिको कोर्स करेक्सन कसरी हुन्छ ? उनले अगाडि भने,‘त्यसैले आउनुस् हातेमालो गरौं देश बदल्नका लागि । विकास र समृद्धि ल्याउनका लागि ।’ उनले अगाडि थपे,‘एकपटक जिताएर देखाउनुस् । मसँधै हजुरहरुको सेवामा हाजिर हुनेछु ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।