कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले शनिवार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेका छन्।
उनले शनिवार पोखराको १२ र २७ नं वडामा घरदैलो तथा मतदाता भेटघाट गरे।
‘आफूप्रति मतदाता सकारात्मक भएको पाएँ, उनले भनेका छन्, ‘मतदाताको हौसला, समर्थन, विश्वास र भरोसाले उत्साहित बनाएको छ।’
उनले जनताको योजना र आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउँदै आएका छन्।
उनले घरदैलो कार्यक्रममा मतदातासँगको भेटमा सक्ने कुरा मात्रै बोल्ने र जनताको सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गरेको बताए।
शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिदै आएका बराल ५ सुत्रीय अभियानसहित निर्वाचनमा होमिएका छन्।
उम्मेदवार बरालले मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो शूत्र ठानेका छन्।
त्यस्तै, देशको समृद्वि, र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय(प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो शूत्रका रुपमा अघि सार्दै आएका छन्।
उनले गठबन्धनको पक्षमा माहोल आइसकेको भन्दै निर्वाचनसम्म खटिदिन नेता, कार्यकर्ता, शुभेच्छ्ुक र आफन्तलाई आग्रह गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







