अबको दशक विकासको: दीपक


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित




संघीयतापछिको दोस्रो आम निर्वाचनमा रहेका ५ दलीय गठबन्धनका उम्मेदवारले अबको दशक विकासको दशक हुने प्रतिवद्धता गरेका छन्।

संविधान निर्माण भएपछि भएको चुनावपछि पनि संसदीय राजनीतिमा अनेक विकृति देखिएको बताउँदै उनीहरुले ती विकृति सच्चायाएर अबको युगको नेतृत्व गर्ने वाचा गरेका छन् ।

कास्की १ (१)मा सत्ता गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले अबको दशकमा देश विकासको गतिका निकैअघि बढ्ने जनाए। नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका कोइराला गण्डकी प्रदेशमा सोही क्षेत्रबाट अघिल्लो निर्वाचनमा चुनिएका थिए।

कोइरालाले भने, ‘हामीले अनेक उतारचढावका बीच व्यवस्था बदल्यौं, संविधान बनायौं। ऋब, योजनावद्ध विकासको कार्यभार पूरा गर्नुको विकल्प छैन।’

कास्की १ (१) मा गएको कार्यकालमा आफ्नो पहलनमा धेरै योजना सुरु भएको उनको भनाई छ। ती योजना पूरा गर्न र नयाँ जनताको जीवन बदल्ने खालका योजना बनाउन गठबन्धनको नेतृत्व जरुरी हुने औंल्याए।

शनिबार पोखरा ३२ का मतदातासँग घरदैलोका क्रममा उनले तीन तहमै गठबन्धनको सरकार बने विकासको मूल फुट्ने बताए।

उनले तल्लो गगनगौंडाका भूमिहीनको समस्या सुल्झिने क्रममा रहेको जनाउँदै यहाँको डुबानको समस्या पनि चाडै समाधान हुने जनाए।

नेपाली काँग्रेस नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले कोइराला अनुभवी र ऊर्जावान् नेता भएको जनाए। उनले विगतमा राम्रो काम गरेका नेताको मूल्यांकन गरी आगामी कार्यकालको नेतृत्व दिन उनले मतदातालाई आग्रह गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।