गोरखाबाट मुलुकको कायापलट हुन्छ: प्रचण्ड


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित




गोरखा सम्वाददाता । नेपाल कम्युिनष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट मुलुकको कायापलट हुने बताएका छन्।

आज गोरखा जिल्ला सदरमुकामबाट ५२ कोष उत्तरमा रहेको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ स्थित छेकम्पारमा आयोजित चुनावी सभा कार्यक्रमलाइ सम्बोधन गदैँ उनले भने, “ राजनैतिक क्रान्तिको उर्वर भूमी रहेको गोरखा जिल्ला आर्थिक परिवर्तनका लागि मुलुक कायापलट गर्ने जिल्ला हो, यहाँबाट उत्तर दक्षिण जोड्ने नाका छिटो भन्दा छिटो सञ्चालनमा ल्याइने छ” ।

निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाइ र प्रदेशसभा उम्मेदवार नन्द प्रसाद न्यौपानेलाइ मन्त्री बनाएर गोरखाको विकासमा सहयोग गर्ने बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यतिबेला सँविधान पक्षधर र सँविधानका विरोधीहरुको लडाइ रहेकोले आफ्ना उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे । प्रचण्ड आज चुनावी सभालाइ सम्बोधन गर्दै जिल्लाको छेकम्पार, सामागाउँ, सिर्दीवास, माछाखोला, बारपाक , सहिदलखनको दौडाहामा रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।