घट्टेखोला–धम्पुस बाटोको टेण्डर गइसक्यो, अब सम्पन्न गर्ने जिम्मा हाम्रो: बराल


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित




कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गरेका छन्।

उनले यो योजना अब टेण्डरमा गइसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफूहरुकै काँधमा आएको बताए।

माछापुछ«े गाउँपालिकाको धम्पुसमा आयोजना गरिएको चुनावी सभामा बोल्दै बरालले भने, ‘हामीले यो बाटो ल्याउन पहल गर्‍यौं, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे। तर, हामीले उनीहरुको अबरोध चिर्दै योजना पारेका छौं’’ उनले अगाडी थपे, ‘अब यो बाटो टेण्डरको प्रकृयामा गइसकेकोले सम्पन्न पनि हामीले नै गर्ने हो।’

बरालले आफू प्रदेश सभामा हुँदा धेरै कामहरुको थालनी भएको बताउँदै ति कामहरु पनि पुरा गर्न प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवारले बताए।

‘यहाँ थाँती रहेका योजना सम्पन्न गर्न र नयाँ योजना सुरुआत गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्छ’, उनले भने।

भौतिक निर्माणसँगै यहाँको कृषि र पर्यटनमा पनि गुणात्मक विकास गर्नु जरुरी हुने भएकोले आफूहरुको ध्यान त्यसतर्फ पनि समान रुपले गएको बताए।

यसका साथै पहाडी र हिमाली क्षेत्रको पर्यावरण जोगाउने चुनौती पनि रहेको उनको भनाई थियो।

निरन्तरको विकास मार्फत यहाँका जनताको जीवनस्तरमा परिवर्तन गर्नु बाहेक आफ्नो कुनै स्वार्थ नरहेकोले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार दुर्गादक्त भण्डारीले माछापुच्छे« गाउँपालिकाको समग्र विकासमा आफू कटिवद्ध भएको उल्लेख गर्दै उम्मेदवार बरालले सुरु गरी बाँकी रहेका कार्यभार आफूले पूरा गर्ने दाबी गरे।

संविधान सभा सदस्य एवं काँग्रेस नेतृ शारदा पौडेलले प्रत्यक्षतर्फ गोलाकारभित्रको हँसिया हथौडामा काँगेसको चिन्ह सम्झेर गठबन्धनका उम्मेदवारलाई अमूल्य मत दिन आग्रह गरिन्। चुनाव प्रचार–प्रसार समिति क्षेत्र नम्बर ३ का संयोजक मनोज गुरुङले उम्मेदवार बरालको पहलमा माछापुच्छे«ेमा धेरै योजना परेको उल्लेख गरे। अब केन्द्रीय र ठूला रणनीतिक योजना पूरा गर्न बरालको जित आवश्यक भएको बताए।

एकीकृत समाजबादीका समानुपातिक उम्मेदवार दलबहादुर गुरुङले धम्पुसको विकासमा केही तत्वले अबरोध गर्दै आएको उल्लेख गरे। अब, गठबन्धनका उम्मेदवारले नै समग्र विकास गर्ने दाबी गरे।

काँग्रेस नेता पोषनाथ शर्माले समृद्धिको शिखरमा पुर्‍याउन र १२ लाख युवालाई स्वरोजगार सृजना गर्न प्रदेश र संघमा गठबन्धनको सरकार आवश्यक भएको दाबी गरे।

माछापुच्छे«–७, गठबन्धन निर्वाचन कमिटीका संयोजक सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकीकृत समाजवादीका युवा नेता असिम गुरुङ, समाजवादीका नेता प्रेम पौडेल, माओबादी केन्द्र माछापुच्छे«–७ का वडाध्यक्ष डिल्लीराम भण्डारीलगायतले बोलेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।