नेकपा (एमाले)को तर्फबाट कास्की–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई र २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिमबहादुर कार्कीलाई मतदाताले एमालेको मात्रै उम्मेदवार नभएर सबैको साझा उम्मेदवार भएको प्रतिक्रिया दिएका छन्।
निर्वाचन अभियानको क्रममा पोखरा महानगर वडा नम्वर २१ र ३३ मा पुगेका एमाले उम्मेदवार कार्कीलाई आफ्नो क्षेत्रका माटो र भुगोल बुझेर काम गर्न सक्ने मनको सारथी भएको भन्दै पोखरा ३३ का स्थानीय मनोज आचार्यले उक्त क्षेत्रमा एमालेले उल्लेखनीय काम गरेकोले अबको रोजाई पनि एमाले नै रहने बताए।
‘यो क्षेत्रमा काम र विकास गर्ने पार्टी एमालेकै उर्जाशिल उम्मेदवार मात्रै भएको हुँदा सधैंको मन र मतमा तलमाथि नगर्ने ठाउँ हो’, आचार्यले भने, ‘हाम्रो क्षेत्रले आफ्नो ठाउँको मात्रै नभएर राष्ट्रको समृद्धिको योजनाकार रविन्द्र अधिकारीलाई हुर्काएको सम्झना छ। हामीले फेरि यो क्षेत्रमा नेपाली राष्ट्रिय राजनीतिमा प्रभावशाली भुमिका खेल्न सक्ने विकासका अगुवा नेता जन्माउने हुर्काउने र चम्काउने अवसर पाएका छौँ। यो अवसर चुकाउने छैनौं।’
स्थानीय दिपेन्द्र अधिकारीले सधैं यो क्षेत्रको उन्नति र विकासमा लाग्ने उम्मेदवार पाएको भन्दै हिजो एमालेले गर्यो, अबको ५ वर्ष पनि स्पष्ट बहुमतसहितको सरकार निर्माण गर्ने गरि एमालेका उम्मेदवारहरूलाई नै मन र मत दिन आग्रह गरे।
सो अवसरमा उम्मेदवार कार्कीले क्षेत्र नम्वर २ को विकासकै लागि उम्मेदवारी दिएको बताउँदै जनमत र विश्वासमाथि कहिल्यै दाग नलाग्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले समृद्ध नेपाल निर्माणको आधार प्रदेश र संघमा एमालेको सरकार भएको हुँदा भ्रममा नपर्न उनले मतदाताहरूलाई अपिलसमेत गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







