मनबहादुर भन्छन्, ‘अबको लडाई गरिवीको अन्त्य गर्ने हो’


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित




नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको औंल्याएका छन्।

मंसीर ४ गते हुने निर्वाचन केन्द्रीत प्रचार–प्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेकपा एमालेकोे कास्की जिल्ला अध्यक्षसमेत रहेका उनले देशमा राजनीतिक परिवर्तन आइसकेको र अव विकास र समृद्धिका लागि काम गर्ने बेला भएको उल्लेख गरे।

उनी भन्छन्, ‘राजनीतिक परिवर्तन भयो। अब विकास र समृद्धिका लागि काम गर्न मेरो उम्मेदवारी हो’, उनले भने, ‘यसका लागि तपाइँहरुले सूर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई विजयी गराउनुहुन म अनुरोध गर्दछु।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।