कास्की ३ (२) का उम्मेदवार प्रकाशलाई नै भोट किन ? के छन् प्रतिबद्धता ?


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित




पोखरा, कात्तिक २३

पार्टीसँगको प्रतिष्पर्धा नभई मुद्धासँग प्रतिष्पर्धा गर्ने हुँकार दिईरहेका प्रकाशले आफू निर्वाचित भएमा के के गर्ने योजना बनाईसकेका छन् । त्यसैले त उनले बुँदागत रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

जनताका समस्यालाई सर्वोपरी मानि जनतालाई सपना देखाएका उनले बिर्सिएको विकास र सुशासनलाई सहि ट्रयाकमा ल्याउन र सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्ने प्रतिबद्धता बरालले गरेका छन् । उनले पोखरा महानगरपालिका भित्रका पछाडि परेका ग्रामीण वडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना अगाडि सारेका छन् । हरेक वस्तीलाई होमस्टेका लागि प्रयोग गर्न सकिने भन्दै उनले कृषिको आधुनिकीकरण, उत्पादनमा वृद्धि, उद्योगी व्यवसायीको लगानीको प्रतिफल, बेरोजगारी समस्याको हल गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

बरालले आफ्नो प्रतिबद्धता पत्रमा अव्यवस्थित पोखरा शहरलाई व्यवस्थित पार्ने प्रतिबद्धता जनाएका छन् । आफ्नो क्षेत्रमा रहेको महत्वपूर्ण पर्यटकीय स्थल फेवातालको संरक्षणमा उनले दिलचस्पी दिदै त्यसका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसका अलावा उनको प्रतिबद्धता पत्रमा फेवाताल किनारमा रहेको बसुन्धरा पार्क, हिमागृह, रत्न मन्दिरको संरक्षण र सम्वद्र्धन गर्ने विषय अटाएका छन् ।

बरालले सामुदायिक वनको व्यवस्थापन, जलाधार क्षेत्रमा वृक्षारोपण, कृषि, पर्यटन र रोजगारी सिर्जनामा ध्यानपूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् ।

समाज रुपान्तरणको खाका आफूसँग रहेको बताउने गरेका प्रकाशले जनताको सपना पूरा गर्न, पूर्वाधार विकासमा पहुँच पु¥याउन र राजनीतिमा निष्ठा र इमानदारिता देखाउने प्रतिबद्धता जनाएका छन् । राजनीतिक आस्था, आदर्श, सिद्धान्त, मूल्यमान्यता, संस्कार र संस्कृतिप्रतिको निष्ठा जोगाएर युवा पुस्तालाई घरदेशमै रमाउने र थमाउने वातावरणका लागि आवाज उठाउँछु उठाउने प्रकाश भन्छन्,‘ लय र लिपीलाई विग्रन्न दिन्नँ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।