पोखरा १९ मा अपाङ्ग मैत्री मतदान केन्द्र निर्माण


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित




पोखरा । मंसिर ४ गते हुने निर्वाचनलाई केन्द्रीत गरि पोखरा १९ का मतदान केन्द्रलाइ अपाङ्ग मैत्री बनाइएको छ ।

पोखरा १९ मा रहेका अकला मतदान केन्द्र र भारती भवन मतदान केन्द्रलाई अपाङ्ग तथा अशक्त मतदान मैत्री पदमार्ग निर्माण गरिएको वडा नम्बर १९ का सचिव श्रीराम पौडेलले जानकारी दिए ।

प्रदेश निर्वाचन कार्यालय तथा जिवन पद्धति स्वावलम्बन पोखरा को सम्वन्यमा आई एफ इ सीको ३ लाख ५७ हजार ९ सय ७५ रुपैंयाँको लागतमा सो मार्ग निर्माण गरिएको हो ।

अपाङ्ग तथा अशक्त मतदाताले सहज रुपमा मतदान गर्न पाउन भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले बताए ।

सो मार्गको वडा अध्यक्ष पाण्डे, सचिव पौडेल लगायतकाले अनुगमन तथा निरीक्षण समेत गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पोखरा १९ मा करिब ८ हजार मतदाता रहेका छन् ।

पोखरा १९ को ग्रामीण भेगको रूपमा रहेको घार्मीका मतदाताले घार्मीमा अस्थायी मतदान केन्द्र राख्न पटक पटक माग गरेता पनि सो माग पुरा हुन भने सकेको छैन । मतदान केन्द्र टाढा हुँदा त्यहाँका वृद्ध वृद्धालाई निकै असहज भएको छ । उनीहरू घण्टौं हिडेर आफ्नो मताधिकार प्रयोग गर्न अकला मतदान केन्द्रमा आउने गरेका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।