देशभर मतदान शुरु, मतदान गर्न परिचय पत्र अनिवार्य


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर ४

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मतदान शुरु भएको छ । निर्वाचन आयोगले तय गरेको निर्वाचनको मिति आज मंसिर ४ गते देशभर एकैसाथ मतदान शुरु भएको हो ।

मतदान विहान ७ बजेदेखि शुरु भएको छ भने अपराह्न ५ बजेसम्म मतदान गर्न सकिनेछ । मतदानको समय ५ बजेसम्म मात्र तोकिएपनि सो समयसम्म लाईनमा बसेकाहरुले जतिसुकै समय लागेपनि मतदान गर्न पाउनेछन् ।

मतदानका लागि मतदाताहरु विहानैदेखि लाईनमा बसेका छन् । मतदान गर्न परिचय पत्र अनिवार्य गरिएको छ । मतदाताले मतदान गर्नका लागि मतदाता परिचय पत्र, त्यो नभए नागरिकता, सवारी चालक अनुमति पत्र (लाईसेन्स), जग्गा धनीपूर्जा (लालपूर्जा)लगायतका कुनैपनि परिचय खुल्ने परिचय पत्र लिएर पुग्नुपर्नेछ ।

मतदान गर्न जाँदा मोवाईल, क्यामरालगायत कुनैपनि सामान लैजान निषेध गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।