तनहुँ २ मा किरण गुरुङलाई ३१७ मतले पछि पार्दै कांग्रेसका भण्डारीको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर ५

तनहुँ क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले शुरुवाती अग्रता लिएका छन् । सोमबार विहानदेखि भएको मतगणनामा १६३७ मतगाण्ना सम्पन्न हुँदा कांग्रेसका भण्डारी एमालेका किरण गुरुङलाई ३१७ मतले पछि पार्दै अग्रता बनाउन सफल भएका हुन् ।

भण्डारीले हालसम्म ७३६ मत प्राप्त गर्दा एमालेका गुरुङले ४१९ मत ल्याएर पछ्याईरहेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका बिजय जोशीले २३८ मत प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।