मुस्ताङको प्रदेशसभा (२) मा कांग्रेसका शेरचन विजयी


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित




पोखरा । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा (२)मा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरेका हुन् ।

दुई हजार सात सय ३० मत सहित शेरचन विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गरे । नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्य थिए ।

मुस्ताङमा यसअघि प्रतिनिधिसभातर्फ नेपाली कांगेसका उम्मेदवार योगेश गौचन थकाली निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रिय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी भइसकेका छन् । भने मुस्ताङको प्रदेशसभा (क) मा कांग्रेसका नाम्डु गुरुङ विजयी भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।