कास्की १ मा कांग्रेसका बरालको अग्रता, एमालेका गुरुङ १४२ मतले पछाडी


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित




पोखरा । कास्की निर्वाचन क्षेत्र नम्वर १ मा पाँच दलिय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोरदत्त बरालले एमालेका उम्मेद्वार मनबहादुर गुरुङलाई १४२ मतले लिड गरेका छन् ।

हालसम्म १ हजार ७६९ मत गणना सकिँदा बरालले ८७४ मत प्राप्त गर्दा गुरुङले ७३२ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोलाकार भित्रको घण्टी चुनाव चिन्ह भएका उम्मेदवार राजु राईले ५२, राप्रपाका सूर्य बहादुर गुरुङले ३२, मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो गणना सकिँदा ६५ मत बदर भएको छ भने बाँकी मतगणना जारी रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।