कास्कीको निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधसभातर्फको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीकै योगराज पौडेलले अग्रतालाई कायम राखेका छन्।
निर्वाचन आयोग कास्की कार्यालयको पछिल्लो अपडेटअनुसार पौडेलले ३३ सय ६ मत ल्याउँदै अन्य उम्मेदवारलाई पछि पारेका छन्।
त्यसपछि, नेकपा (एमाले) का दामोदर बैरागीले २९ सय ५१ मतले योगराजलाई पछ्याइरहेका छन्।
त्यस्तै, ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामजीप्रसाद बराल ‘जीवन’ ले १८ सय ७८ मतसहित योगराज र दामोदरलाई पछ्याइरहेका छन्।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले ६ सय ६६ , हाम्रो नेपाली पार्टीका विवेककुमार पौडेलले १ सय ७६, स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले ९७, जनता समाजवादी पार्टी नेपालका हितकाजी गुरुङले ८१, मंगोल नेशनल अर्गानाइजेशनकी महिला उम्मेदवार गंगाकुमारी खपाङ्गी तामाङले ७३, स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद कोइरालाले ६४, स्वतन्त्र उम्मेदवार टंकप्रसाद अधिकारीले ३६, स्वतन्त्र महिला उम्मेदवार अनिता भुत्र्यालले १८ प्राप्त गरेका छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवारहरु पशुपतिनाथ तिमिल्सिनाले ९, नेपाल मजदुर किसान पार्टीका बलराम सिबन्जारको ७, स्वतन्त्र उम्मेदवार यादवप्रसाद तिमिल्सिनाले ४ र ढकबहादुर कार्कीको ३ मत ल्याएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







