कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाका भण्डारीको अग्रता कायमै


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाका बिजयबहादुर भण्डारीले अग्रता कायमै राखेका छन् । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले एमालेका भीमबहादुर कार्कीलाई ३ सय ९२ मतले पछि पार्दै अग्रता कायम राखेका हुन् । भण्डारीले २ हजार ८ सय ९७ मत प्राप्त गरेर अग्रता बनाउँदा एमालेका कार्कीले २ हजार ५ सय ५ मत प्राप्त गरेका छन् ।

यहाँ गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले १ हजार ४ सय ४१ मत र हाम्रो नेपाल पार्टीका चेतबहादुर महतले ८ सय ६९ मत प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।