कास्की–२, प्रदेशसभा (१) मा राप्रपाका भण्डारीको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




कास्कीको निर्वाचन क्षेत्र नं २ (१) मा प्रदेशसभातर्फ राप्रपाका विजयबहादुर भण्डारीले अग्रता कायम राखेका छन्।

निर्वाचन आयोग कास्की कार्यालयको पछिल्लो अपडेटअनुसार भण्डारी २ हजार ८ सय ९७ मतसहित अगाडि छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भीमबहादुर कार्कीले २ हजार ५ सय ५ मतले भण्डारीलाई पछ्याई रहेका छन्।

त्यसपछि, ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विश्वप्रकाश लामिछानेले १ हजार ४ सय ४१ म्तले भण्डारी र कार्कीलाई पछ्याई रहेका छन्।

त्यस्तै, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ८ सय ६९, मंगोल नेशनल अर्गानाइजेशनका पदमबहादुर गुरुङले २ सय ५८, स्वतन्त्र उम्मेदवार दीपक पौडेलले २२, स्वतन्त्र महिला उम्मेदवारहरु दुर्गाकुमारी शर्माले १९ र निशा थापा गुरुङले १६ मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।