कास्की-२ मा एमालेकी विद्या भन्दा रास्वपाका कँडेललाई १४९ मतको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर ६

कास्कीको निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता कायमै राखेका छन् । कँडेलले नेकपा एमालेकी विद्या भट्टराई अधिकारीलाई १ सय ४९ मतले पछि पार्दै अग्रता कायमै राखेका हुन् । अग्रता बनाएका कँडेलले हालसम्म ३ हजार ५ सय ४७ मत प्राप्त गरेका छन् भने एमालेकी भट्टराईले ३ हजार ३ सय ९८ मत ल्याएर पछ्याईरहेकी छिन्।

त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले १ हजार ९ सय ७४, राप्रपाका सुवर्णराज पन्तले १ हजार ३ सय ४७ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार ऋगेन्द्र गिरीले २ सय ६१, हाम्रो नेपाली पार्टीकी शिरिष गुरुङले २ सय ११, स्वतन्त्र उम्मेदवार महादेव गुरुङले २ सय २२, जनता समाजवादी पार्टी नेपालकी बुद्धिकुमारी गुरुङले १ सय ३१, मंगोल नेशनल अर्गानाइजेशनका ज्ञानराज गुरुङले ९९, जनमत पार्टीका महेन्द्र शर्माले ३९, स्वतन्त्र उम्मेदवार तारानाथ सुवेदीले २३, राष्ट्रिय जनमुक्ति पार्टीका ईश्वरबहादुर रानाले १६, आमुल परिवर्तन मसिहा पार्टी नेपालका गिताबहादुर रोकाले २२ मत प्राप्त गरेका छन् ।

त्यसैगरि, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राईले ७, नेपाल मजदुर किसान पार्टीका पशुपति प्रजापती र स्वतन्त्र उम्मेदवार जमुना शर्माले २÷२ मत तथा स्वतन्त्र उम्मेदवार गितानाथले १ मत प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।