कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित





कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि छन ।

उनलाई नेकपा एमालेका विद्या भट्टराईले तीन हजार तीन सय ९८ मत सहित पछ्याएका छन । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले एक हजार नौ सय ७४ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार तीन सय ४७ मत ल्याएका छन ।

त्यस्तै प्रदेशसभातर्फ कास्की–२ १ मा एमालेका भीम कार्की तीन हजार आठ सय ३४ मतसहित अगाडि छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याएका छन ।

सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई हजार एक सय आठ र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले एक हजार दुई सय ४० मत ल्याएका छन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।