कास्की–२ को (१)मा भण्डारीलाई उछिन्दै एमालेका भीम कार्कीले लिए अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर ६

कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेकपा एमालेका भीमबहादुर कार्कीले अग्रता लिएका छन् । उनले शुरुवाती अग्रता लिएका राप्रपाका उम्मेदवार बिजयबहादुर भण्डारीलाई उछिन्दै अग्रता बनाएका हुन् । कार्की र भण्डारीबीचको मतान्तर ३९७ रहेको छ ।

अग्रता बनाएका कार्कीले ५ हजार ९ मत ल्याएका छन् भने भण्डारीले ४ हजार ६ सय १२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले २ हजार ७ सय ११ मत, हाम्रो नेपाल पार्टीका चेतबहादुर महतले १ हजार ५ सय ७९, मंगोल नेसनल अर्गनाईजेसन पार्टीका पदमबहादुर गुरुङले ४ सय ३८, स्वतन्त्र उम्मेदवारहरु दीपकप्रसाद पौडेलले ५१, दुर्गाकुमारी शर्माले ३८ र निशा थापा गुरुङले २२ मत प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।