कास्की–३ को (१)मा दुर्गाभन्दा एमालेका गणेशमान २६३४ मतले अगाडि


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




तस्बिर : उमेश पुन

पोखरा, मंसिर ६

कास्की निर्वाचन क्षेत्र नम्बर–३ (१) मा नेकपा एमालेका गणेशमान गुरुङले अग्रता बढाउँदै लगेका छन् । उनले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीसँगको मतान्तर बढाउँदै लगेका हुन् ।

गुरुङले ६ हजार १ सय ८१ मत ल्याएर अग्रता बनाउँदा माओवादीका भण्डारीले ३ हजार ५ सय ४७ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले २ हजार ३ सय ११, हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले १ हजार ७ सय ८, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका जीवनबहादुर गुरुङले २ सय ७४, आमुल परिवर्तन मसिहा पार्टी नेपालका मोतीलाल परियारले ११९ र स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा बास्तोलाले ११९ मत ल्याएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।