कास्की-३ मा एमालेका दामोदर बैरागीलाई एक हजार बढीको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर ६

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता कायमै राखेका छन् । विहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलसँग पछि परेका बैरागीले दिउँसोदेखि अग्रता बनाएका हुन् । बैरागी अहिले पौडेल भन्दा १ हजार २६ मतले अघि छन् ।

हालसम्म १९ हजार ९ सय ३४ मत गणना सम्पन्न हुँदा बैरागीले ६ हजार ४ सय ८७ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले ५ हजार ४ सय ६१ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ ले ४ हजार ४सय ८४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले १ हजार २९, हाम्रो नेपाली पार्टीका विवेककुमार पौडेलले ६ सय २३, स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले १२७, जनता समाजवादी पार्टी नेपालका हितकाजी गुरुङले ९४, मंगोल नेशनल अर्गानाइजेशनकी महिला उम्मेदवार गंगाकुमारी खपाङ्गी तामाङले १०५, स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद कोइरालाले ६७, स्वतन्त्र उम्मेदवार टंकप्रसाद अधिकारीले ५५, स्वतन्त्र महिला उम्मेदवार अनिता भुत्र्यालले ३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवारहरु पशुपतिनाथ तिमिल्सिनाले १३, नेपाल मजदुर किसान पार्टीका बलराम सिबन्जारको ९, स्वतन्त्र उम्मेदवार यादवप्रसाद तिमिल्सिनाले ५ र ढकबहादुर कार्कीको ५ मत ल्याएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।