होस्टेल बस्ने २ बच्चा चार दिनदेखि बेपत्ता


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराको एक विद्यालयको होस्टेलमा बस्दै आएका २ जना बालक ४ दिनदेखि बेपत्ता छन् ।

पृथ्वीचोकस्थित होली एन्जल स्कुलको रातोपैह्रास्थित शान्ति बाल होस्टेलमा बस्ने कक्षा ८ का सज्जन बिक र कक्षा ९ का गणेश क्षेत्री गएको शुक्रबारदेखि बेपत्ता भएका हुन् । उनको खोजीमा विद्यालय, बच्चाहरुको परिवार, आफन्त र प्रहरी लागिपरे पनि फेला पार्न सकिएको छैन ।

पर्वतको भुकताङ्ले घर भइ हाल घारीपाटन निवासी सज्जन १६ वर्षका हुन् भने पोखराको बेगनासका गणेश १८ वर्षका भए ।

विद्यालयका प्रधानाध्यापक विनोकुमार नेपालीले शुक्रबार बिहान ८ बजे होस्टेलबाट कसैलाई पनि नसोधी उनीहरु गएकोमा हालसम्म सम्पर्कमा नआएको बताए । खोजीको लागि शनिबार नै छोरेपाटन प्रहरी चौकीमा समेत खबर गरिएको उनले बताए ।

बच्चाहरु एक्कासी हराएपछि परिवार, आफन्त तथा साथीभाइको घर वरपर गई खोजी गरे पनि अझैसम्म फेला नपर्दा सबैजना आत्तिएको उनी बताउँछन् । सो होस्टेलमा छात्र र छात्रा गरी कुल १७ जना बस्दै आएका थिए ।

सज्जनकी आमा साजना बिकले छोराको खोजीमा सबैको सहयोगको याचना गरेकी छन् । उनका पति कतारमा छन् । बिक दम्पतीका २ छोराहरुमध्ये सज्जन जेठा हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।