कास्की–३, प्रदेशसभा (१) मा एमालेका गणेशमानको अग्रता कायमै


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




कास्कीको निर्वाचन क्षेत्र नं ३, प्रदेशसभा (१) मा एमाले उम्मेदवार गणेशमान गुरुङले अग्रता कायम राखेका छन्।

निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार गुरुङले ११ हजार ७८९ मत ल्याउँदै अन्य उम्मेदवाहरुलाई पछि पारेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी ५ दलीय साझा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुर्गादत्त भण्डारीले ७ हजार ६१२ मतले गुरुङलाई पछ्याउँदैछन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केदारनाथ पौडेलको मत ३ हजार ५१२ छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।