कास्की–३ प्रतिनिधिसभातर्फ एमालेका दामोदर अगाडि


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




कास्की जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार दामोदर पौडेल बैरागीले आफ्नो अग्रतालाई कायमै राखेका छन्।

निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार दामोदरले ९ हजार ६०१ मत ल्याउँदै अन्य उम्मेदवारलाई पछि पारेका छन्।

निकटतम प्रतिद्वन्द्वी ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) रामजीप्रसाद बराल ‘जीवन’ ले ६ हजार ८९८ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ६ हजार ३५९ मत प्राप्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।