कास्की–१, प्रदेशसभा (२) मा वेदबहादुर ‘श्याम’ को अग्रता कायमै


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




कास्कीको निर्वाचन क्षेत्र नं १, प्रदेशसभा (२) मा एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ ले अग्रतालाई कायम राखेका छन्।

निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार ‘श्याम’ले ८ हजार ७०३ मत ल्याउँदै अग्रतालाई कायम राखेका हुन्।

निकटतम प्रतिद्वन्द्वी ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका दीपक गुरुङ ‘माइला’ ले ७ हजार ५७७ मतसहित ‘श्याम’ लाई पछ्याउँदै छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्की १ हजार ७१७ मत सहित तेस्रो स्थानमा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।