तनहुँ–१, (१) को प्रदेशसभातर्फ काँग्रेसका श्रेष्ठको अग्रता कायमै


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेपाली काँग्रेसका अशोककुमार श्रेष्ठले आफ्नो अग्रतालाई कायमै राखेका छन्।

निर्वाचन आयोग तनहुँ कार्यालयकाअनुसार ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले ५ हजार ८४ मतसहित अगाडि छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर गुरुङले ३ हजार ७१८ मतसहित श्रेष्ठलाई पछ्याइरहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका विवेक न्यौपाने १ हजार ३४२ मतसहित तेस्रो र नेकपा एकीकृत समाजवादी) विद्यानाथ ढकाल ८३५ मतसहित चौथो स्थानमा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।