तनहुँ–१, (२) को प्रदेशसभातर्फ चुमानको अग्रता कायमै


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले अग्रतालाई कायमै राखेका छन्।

निर्वाचन आयोग तनहुँ कार्यालयकाअनुसार ५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चुमानले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर गुरुङलाई १ हजार ९९३ मतले पछि पारेका छन्।

चुमानले ७ हजार ५०६ मत ल्याउँदा गुरुङले ५ हजार ५१३ मत ल्याएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गोतामेले २ हजार २६० मत ल्याउँदै तेस्रो र राष्टिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ ४०७ सहित चौथो र नेकपा (एकीकृत समाजवादी) की कालिला खातून ३६० मतसहित पाँचौ स्थानमा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।