कास्की २ (१) बाट प्रदेश सदस्यमा एमालेका कार्की विजयी


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




पोखरा । कास्कीबाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका भीम कार्की निर्वाचित भएका छन् । कास्की २ (१) मा कार्की १० हजार ५३१ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजय भण्डारीले ५ हजार ८९३ मत प्राप्त गरेका छन् ।

कास्की क्षेत्र नम्बर २ ९१० अन्तर्गत पोखरा महानगरको वडा नम्बर ७, १५, १७, २१ र ३३ पर्छन् । सबै वडा एमालेको प्रभाव क्षेत्र मानिन्छ । विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका कार्की अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म भएका थिए ।

कार्कीले स्याङ्जा, गोरखा र मनाङसम्म पुगेर झण्डै दुई दशक संगठन विस्तारमा लागेका कार्की एमाले स्कुल विभागमा रहेर काम गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।